LATEST:


विजेट आपके ब्लॉग पर

गुरुवार, 11 फ़रवरी 2010

श्रम विभगाका प्रमुख-कामील एवजीको अन्तरवार्ता र प्रस्तुत धारणाहरु

कुवैतका श्रम विभागका प्रमुख-कामील एवजीले वैदेशिक रोजगार सम्बन्धमा कुवैतमा श्रम सम्बन्धि कानूनलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने सम्बन्धमा कुवैतको चर्चित दैनिकी पत्रिका ALrai लाई दिनुभएको अन्तरवार्तामा सम्बन्धमा आफ्नो केही व्यक्तिगत धारणा राख्नु भएको थियो। वहाँले दिनुभएको उक्त अन्तरवार्ता ALrai पत्रिकामा ७ फेब्रुअरी २०१० मा प्रकाशीत भएको थियो। वहाँ दिनु भएको उक्त अन्तरवार्ताको विषयवस्तुलाई संक्षेपमा बुँदागत रुपमा प्रस्तुत गरिएकोछ। स्मरण रहोस् कि अहिले सम्म कुवैतको सरकारको तर्फबाट उक्त सम्बन्धमा कुनै निर्णय पारित भएको छैन तर यो वहाँको व्यक्तिगत धारणा हो। कुवैतको वैदेशिक रोजगारको सम्बन्धमा के-के गर्दा उचित हुन्छ भन्ने प्रश्नको जवाफमा वहाँले व्यक्त गर्नु भएको केही महत्वपूर्ण प्रस्तावहरु यसप्रकारछ।
(१) हालसम्म घरयासी कामदारको रुपमा कुवैतमा प्रवेश गर्नेको संख्या ६ लाख पुगेको इम्रिगेशनको तथ्याङ्क अनुसार जानकारी गराउनु भयो। यो संख्या एउटा सानो देशको लागि भोलि भविश्यमा एउटा गम्भिर समस्याको रुपमा खडा हुने सम्भावना छ, यसर्थ यसलाई जसरी पनि कम गर्नुपर्छ।
(२) फेमली भिसामा ल्याउनको लागि हाल सम्म २५० के.डी. बेसीक तलब हुनेले ल्याउन पाउने प्रावधन छ तर त्यसलाई बढाएर ४०० दिनार पुर्याउनु पर्ने धारणा राख्दै भन्नुभयो, र श्रीमतिले आफ्नो श्रीमानको Sponsor बन्न नपाउने किनकि श्रीमतिको पालन-पोषणको जिम्मेदारी श्रीमान भएको हुनाले यो हक अधिकार श्रीमानमा नै सिमित राख्नुपर्ने, तर श्रीमानको मृत्यु भएमा वा पार्पाचुके भएको अवस्थामा आफ्ना छोरा-छोराको Sponsor (कफिल) बन्ने अधिकार हुनुपर्ने धारणा राख्नु भएको थियो।
(३) यस देशको अमनचैनमा यदि कसैले आँच पुर्याउने काम गर्छ भने कुवैतबाट उक्त व्यक्तिलाई देश निकाला गरिनेछ।
(४) कुनै गैर कानूनी कार्यमा संलग्न भएको आरोपमा कुवैतबाट देश निकाला भएको व्यक्तिलाई फेरी कुवैत प्रवेश गर्नु परेमा गृहमन्त्रालयको स्वीकृती विना निषेध गरिनु पर्छ।

कुवैतमा बलात्कार पछि हत्या

केदार नाथ खरेल
कुवैत, (खैतान)
जब मानवको दिमाखमा शैतानले डेरा जमाउन थाल्दछ तब ऊ आफ्नो मानविय कर्तव्यपथलाई भूलेर दानविय र क्रुर हिंस्रक बन्दछ। बिचरा के विगारेकी थिईन र तिनले जसलाई बलात्कार गरिकन हत्या गर्नु पर्यो ?
कुवैतको खैतानमा हिजो बिहान घरका अन्य सदस्यहरु आ-आफ्नो काममा गएको मौका छोपी एक इजिप्सीसन नागरिकले पाकिस्तानीको घरमा पसेर बच्चाकी आमा भैसकेकि एक नारीसँग जबरजस्ति बलात्कार गरेर पछि हत्या गरेको रहश्य खुल्न आएको छ।
भनिन्छ "मानवले एउटा पाप गरेपछि त्यो पाप लुकाउन अर्को पाप गर्न पुग्छ रे"। ठीक त्यस्तै त्यो इजिप्सीयन नागरिकले पनि आफ्नो पाप लुकाउन अर्को पाप गरेको खुल्न आएको छ। बलात्कार गरेर एउटा पाप त गरेकै थियो त्यस पश्चात उक्त अपराधलाई लुकाउन फेरि ती महिलाको हत्या गरि उक्त लाश फोहर फाल्ने कन्टेनरमा फालेको थियो। उक्त बलात्कारी हत्यारा पुलिस हिरासतमा परिसकेको स्रोतले जनाएको छ। कुवैतको कानून अनुसार ज्यानमारालाई फाँसीको सजया हुन्छ तर यदि पीडित पक्षले मान्छ भने पैसा दिएर फाँसीबाट मुक्ति दिलाउन सक्छ तर आजीवन जेल सजाय हुन्छ। हेरौ अब कुवैकको कानूनले कसरी फैसला गर्छ त्यो त हेर्नै बाँकी छ।
निरअपराधमा कसैको ज्यान लिएपछि अपराधीले उसले गरेको अपराधले गर्दा बाटो देख्दैन र पछि उक्त अपराधले गर्दा हृदयमा अशान्तिको ज्वालाले हम्मेशा जलीरहनेछ। त्यति मात्र होइन उसले गरेको अपराधले गर्दा यस लोकमा पनि उसलाई आफ्नो अपराधको हिनता बोध हुन्छ भने मृत्यु पछि ईश्वरको कठोर यातनाको सिकार भएर हम्मेशा अग्निकुण्डमा जलिरहन्छ भन्ने विभिन्न धार्मिकग्रन्थमा उल्लेख छ।
हत्या, हिंसा, बलात्कार सामाजिक अपराध मात्र होईन धार्मिक अपराध पनि हो यस्तै जुवा-तास खेल्ने, मदिरा सेवन गर्नाले मानवलाई अपराधिक गतिविधीमा धकेल्ने हुँनाले यस किसिमको अपराधबाट हामी टाढै रहनु यस लोक र परलोक दुवैमा अवश्य नै फाईदा पुग्नेछ। "बाँच र बाँच्न देऊ" भन्ने सिद्धान्तलाई आत्मासात गरि समाजमा स्वच्छताको विकाश गरौं सभ्य नागरिकको परिचय दिँऊ।

स्वागतम

उजाड मरुभूमिमा बसन्त ऋतु बनि आउनु भएकोमा
स्वागत गर्दछौं हजुरलाई।
ओईलाएका फूलहरुमा बर्षात बनि आउनु भएकोमा
स्वागत गर्दछौं हजुरलाई।
नेपालीहरुको लागि उद्धारकर्ता बनि आउनु भएकोमा
स्वागत गर्दछौ हजुरलाई।
अन्याय र अत्यचार विरुद्ध न्यायकर्ता बनि आउनु भएकोमा
स्वागत गर्दछौ हजुरलाई।

कुवैतमा गणतन्त्र दिवस तथा स्वतन्त्रता दिवसको वार्षिक उत्सव २५ फेब्रुअरीमा

कुवैतको गणतन्त्र दिवस र स्वतन्त्रता दिवसको वार्षिक उत्सव एक पटक फेरी फर्केर आएको छ। किनकि स्वतन्त्रता दिवसको खुशी ल्याउन, कुवैतवासीले आफ्नो प्रिय देशलाई प्रेम र आस्था नवीकरण गर्न पाउने यो सुवर्ण अवसर हो यो; यसैले यस सुनौलो अवसरमा कुवैतका राजाले आफ्नो जनतासँग एक हात...एक दिल...एक धड्कन र एक आवाज...बनेर कुवैतको नाम र छविलाई उच्च स्थानमा पुर्याउन एक जुट भएर लाग्न आह्वान गर्नु भएकोछ।
सन् १९९० मा इराकी शासक सद्दाम हुसेनद्वारा हस्तक्षेप हुँदा उसको चंगुलबाट संयुक्त राष्टसंघको पहलमा २८ देशका बहुराष्टिय संयुक्तसेनाद्वारा इराक विरुद्ध प्रत्याक्रमण गरि स्वतन्त्रता दिलाउने काममा नेपालले पनि बहुराष्टियसेनामा सहभारिता जनाएको थियो। उक्त समयमा इराकलाई पराजित गरि कुवैतलाई स्वतन्त्रता दिलाएको थियो। "विनास कालले विपरित बुद्धि" भने झै सद्दाम हुसेनले कुवैतमा आक्रमण गर्नाले अनन्त फाँसीमा चढ्नु पर्यो। यही खुशियालीमा यस बर्ष १९ औं स्वतन्त्रता स्मृति दिवस मनाउने तयारी भएको छ साथै अहिले कुवैतमा ४९ औं गणतन्त्र दिवसको स्मृति दिवस मनाउने भएका छन्।
महामहिम शैख अब्दुल्लाह अल-सलिम अल-सबाहको शासनकालमा सन् १९ जुन १९६१ मा कुवैतको स्वतन्त्रताको घोषणा भयो। वहाँले सन् १९५० देखि कुवैतमा शासनाधिकार सम्हाल्नु भएको थियो, जुन दिन शासनाधिकार सम्हाल्नुभयो; त्यो फेब्रुअरी २५ तारिख थियो। यस कारण दुबै स्मृति दिवसलाई संयुक्तरुपमा मिलाएर कुवैतमा फेब्रुअरी २५ मा हरेक बर्ष स्वतन्त्रता दिवस मनाउने गर्दछन्।
स्वतन्त्रताको शुभ-प्रभात उदय भएको दिन देखि कुवैतको शासनको जिम्मेवारी आले सबाहको तत्वदर्शी नेतृत्वमा आफ्नो प्रजाको उन्नति, सम्पन्नता र शान्तिपूर्ण जीवनको लागि जागरुकता र निरन्तर विकासको पथमा अग्रसर छ। कुवैतको एघारौं बादशाह महामहिम शैख अब्दुल्लाह अल-सलिमको (१९५०-१९६५) को शासन कालमा सन् १९५९ मा कुवैतको आन्तरिक स्वतन्त्रताको सम्बन्धमा केही महत्वपूर्ण कदम उठाउनु भयो। कुवैतको यो कोसिस थियो कि आफ्नो र अन्य अरब देशको बीच सम्बन्धलाई दृढ राख्नु। वहाँले अरब लिगको साथ राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा आफ्नो सम्बन्धलाई मजबुत बनाउनु भयो। यसै गरि सेप्टेम्बर १९५८ मा अरब लिगको सदस्यता प्राप्त गर्ने प्रयाश पनि गर्नु भयो तर पारस्पारिक रुपमा स्वतन्त्र नभएको कारण सदस्यता मिल्न सकेन।
स्वतन्त्रता दिवस र गणतन्त्र दिवस
जब कुनै राज्यको आफ्नो आन्तरिक मामला र वैदेशिक नीतिको पुरा अधिकार प्राप्त हुन्छ त उसलाई स्वतन्त्र राज्य मान्न सकिन्छ। कुवैतले ब्रिटेनसँग २३ जनवरी १८९९ मा स्वतन्त्रता प्राप्तिको लागि प्रस्ताव पेश गरेको थियो। जुन महामहिम शैख अब्दुल्लाह अल-सलिम अल-सबाह महोदयको शासन कालमा १९ जुन १९६१ मा स्वतन्त्रता प्राप्त गर्न सफल भयो। यसप्रकार दुई देशको बीच सम्झौतानुसार कुवैत राष्टिय तथा अन्तराष्टिय मामलामा पूर्णतः स्वतन्त्र भयो साथै यो घोषणा गरियो कि "कुवैतको नेतृत्वमा आधारित स्थाही शासन हो"। कुवैतको पूर्ण स्वतन्त्रतासँगै विकासको नयाँ शुरुआत हुन थाल्यो। यसप्रकार कुवैत पनि आधुनिक देशको पथ अनुसार अग्रसर हुँदै गयो र यस्तो प्रसन्नता प्राप्त भयो जुन उसले पहिले कहिल्यै सोचेको थिएन। कुवैतले शिक्षा दिक्षाको क्षेत्रमा विभिन्न ज्ञान तथा कलालाई अपनायो। सन् १९७२ मा नेपालको कुवैतसँग दौत्य सम्बन्ध कायम भएको थियो
स्वतन्त्रता पछिको स्थिती
स्वतन्त्रता पश्चात प्रशासन प्रणालीको प्रथम ढाँचा यस्तो तय भयो कि संविधान बनाउन चुनावको माध्यमद्वारा जनमतबाट विजयी प्रतिनिधीले संविधान बनाउने तथा जीवनको विभिन्न क्षेत्रसँग सम्बन्धित र स्थायी कानूनमा सम्मिलित संविधान बनाउन महामहिम शैख अब्दुल्लाह अल-सलिम अल-सबाहले २६ अगष्ट १९६१ मा अध्यादेश (शाही आदेश) जारी गर्नुभयो।
सन् २० जनवरी १९६२ मा महामहिम शैख अल-सलिम अल-सबाह महोदयले सम्मेलनको पहिलो बैठकको प्रारम्भ गर्नुभयो र ११ नोभेम्बर १९६२ मा उक्त संविधानलाई प्रस्ताबमा पेश गरेको थियो जसलाई संविधान सभाले पास गर्यो। त्यसबेला कुवैतमा संवैधानिक तवरले प्रशासन प्रणालीको रुप-रेखा यस्तो बन्यो।
(१) यहाँको प्रशासन प्रणाली लोकतान्त्रिक हुनेछ।
(२) जनवादी सत्ता हुनेछ र जनता प्रत्येक अधिकारको मालिक हुनेछन्।
(३) कुवैतको सत्ता शैख अल-सबाहको वंशमा एक वंशानुगत शासन हुनेछ।