LATEST:


विजेट आपके ब्लॉग पर

बुधवार, 20 जनवरी 2010

आयोगको नाममा लूट

रामजी दाहाल
पत्रकार जेपी जोशी हत्याकाण्डको अनुसन्धान गर्न पत्रकार, वकिल र प्रहरी सम्मिलित आयोगले सरकारी कोषबाट रु।३१ लाख सिध्याएको छ। रामजी दाहाल को रिपोर्ट
पन्ध्र दिनभित्र काम पूरा गर्ने म्याण्डेटसहित पूर्ववर्ती माओवादी नेतृत्वको सरकारले निकै प्राथमिकताका साथपत्रकार जेपी जोशी हत्या सम्बन्धमा छानबिन गर्न जाँचबुझ् आयोग गठन गरेको थियो। तोकिएको समयमा काम पूरा नगरेपछि पटक पटक म्याद थप्दै आयोगले एघार महिनामा करिब रु.३१ लाख खर्चेर प्रतिवेदन तयार पारेको छ। जाँचबुझ् आयोगले तयार पारेको प्रतिवेदन १५ कात्तिकमा प्रधानमन्त्री माधवकुमार नेपाललाई सिंहदरबारमा सुटुक्क बुझ्इएको थियो। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री नेपालले छिट्टै सार्वजनिक गरिने बताए पनि अहिलेसम्म गरिएको छैन। यद्यपि आयोगका एक सदस्य पत्रकार महेन्द्र बिष्टका अनुसार प्रतिवेदनमा पत्रकार जोशीको हत्या हुनुमा उनको राजनीतिक पृष्ठभूमि, पत्रकारिता पेशा र व्यक्तिगत सम्बन्ध कारण देखाइएको छ।
आयोगले अनुसन्धानका क्रममा सङ्कलन गरेको ३७९ पृष्ठको कागजपत्र १६ पुसमा गृहमन्त्रालयमा दर्ता गरिए पनि प्रधानमन्त्रीलाई बुझ्एको प्रतिवेदन २९ पुससम्म गृहमन्त्रालयमा पठाइएको छैन। मन्त्रिपरिषद्को बैठकले १८ मार्ग २०६५ मा १५ दिनभित्र काम पूरा गर्ने गरी अधिवक्ता उमेशप्रसाद गौतम संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ् आयोग गठन गरेको थियो। आयोगमा अधिवक्ता शालिकराम सापकोटा र पत्रकार महेन्द्र बिष्ट सदस्य थिए। आयोगलाई काम गर्न सजिलो होस् भनेर पछि एसएसपी राजबहादुर बिष्टलाई सदस्यमा नियुक्त गरिएको थियो। आयोगले ७ पुस २०६५ देखि औपचारिक रूपमा काम शुरु गरेको थियो। आयोग गठनदेखि प्रतिवेदन बुझ्उँदासम्म चारै जना सदस्य आ-आफ्ना पेशामा कार्यरत थिए। अनुसन्धान प्रक्रिया पूरा नभएको भन्दै आयोगले समय थप गराउन आग्रह गरेपछि सरकारले म्याद थपेको तत्कालीन सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले बताए। त्यतिबेला परिवारलाई राहतसँगै घटनाको अनुसन्धान गर्नुपर्ने माग उठेपछि सरकारले प्राथमिकताका साथ आयोग गठन गरेको उल्लेख गर्दै महराले भने “आयोगको प्रतिवेदनका आधारमा सरकारले जोशीको परिवारलाई क्षतिपूर्ति दिनुपर्छ।” तत्कालीन मोओवादी सरकारले जोशीको परिवारलाई कुनै सहयोग गरेको थिएन।
भत्तामा १३ लाख
हत्या गरिएका पत्रकार जोशीको परिवारको सहयोग र हत्याको सत्यतथ्यको पर्खाइमा छ भने अनुसन्धानका नाममा सदस्यहरूले आफूखुसी खर्च गरेका छन्। आयोगका संयोजकसहित चार सदस्यले मासिक करिब रु.२ लाख ८१ हजार बराबर खर्च गरेका छन्। गाडी भाडाका लागि प्रति महिना एक जना बराबर करिब रु.२८ हजार खर्च भएको छ। यसैगरी आयोगका एक सदस्य बराबर इन्धनका लागि रु.५५ हजार खर्च भएको पाइएको छ। आयोगका नाममा सञ्चार खर्चका लागि रु.८० हजार, विविध खर्चका लागि रु.३ लाख तथा परामर्श शीर्षकमा सरकारी राजस्वबाट रु.१५ हजार खर्च भएको पत्रकार जोशीको हत्यापछि आयोगका सदस्यहरू कैलाली पुगेर घटनाबारे अध्ययन अनुसन्धान गरेका थिए। आयोगका संयोजक गौतमका अनुसार आयोग बनेलगत्तै एक पटक र बीचमा अर्को पटक गएर स्थलगत अध्ययन गरिएको बताए। आयोगका सदस्यहरूले दुई साता बसेर घटनास्थलको अवलोकन तथा राजनीतिक दल, प्रहरी, प्रशासन, सञ्चारकर्मी, मानवअधिकारवादी र नागरिक समाजसँग घटनाबारे जानकारी लिएका थिए। यी कार्यका लागि आयोगले भ्रमण खर्च शीर्षकमा रु।२ लाख ८ हजार खर्च गरेको छ। आयोगले सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपालको कार्यालयमा बसेर काम गरेको थियो, जसको भाडा तिर्नु परेको थिएन। आयोगलाई कार्यालय खर्च शीर्षकमा गृहमन्त्रालयबाट रु।२ लाख ७६ हजार निकासा भएको छ। काउन्सिलका एक अधिकारीका अनुसार आयोगका सदस्यहरू शुरुको दुई तीन महिना नियमितजसो कार्यालय आएको भए पनि पत्रकार जोशीको डीएनए परीक्षणका लागि भारतको कोलकाता पठाएपछि कार्यालय आउने क्रम घटेको थियो। ती अधिकारीका अनुसार पछिल्लो समयमा आयोगका सदस्यहरू हप्तामा एक दुई पटक मात्र कार्यालय आउने गरेका थिए। आयोगले जोशी हत्याका सम्बन्धमा स्थलगत अध्ययन अनुसन्धान गरेपछि डीएनए परीक्षणका लागि ६ चैत २०६५ मा कोलकाता पठाएको थियो। परीक्षणका लागि कोलकाता पठाइएको डीएनए रिपोर्ट ६ महिनापछि ३० असोज २०६६ मा आएको थियो। डीएनए परीक्षण गरी रिपोर्ट आउन लागेको करिब ६ महिनामा आयोगका सदस्यहरूको खासै काम नभएको भन्दै अर्थ मन्त्रालयले गृहमन्त्रालयलाई पत्र लेखी काम नभएको समयको भत्ता दिन नसकिने जानकारी गराएको थियो। अर्थ मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृहमन्त्रालयले आयोगलाई सो अवधिको भत्ता दिन नमिल्ने जवाफ दिएको थियो। अर्थ मन्त्रालय स्रोतका अनुसार आयोगका सदस्यहरूको बारम्बारको दबाबपछि पुनः अर्थ मन्त्रालयकै आग्रहमा गृहमन्त्रालयले निकासा थियो। आयोगका संयोजक गौतमले डीएनए परीक्षणका लागि पठाएको समयमा पनि आयोगले अन्य काम गरेको दाबी गरे। आयोगका सदस्य बिष्ट प्राविधिक कारणले प्रतिवेदन तयार पार्न समय बढी लागेको र समय बढी लागेकै कारण महँगो भएको बताउँछन्। उनका अनुसार आयोगलाई मन्त्रिपरिषद्ले पछिल्लो पटक थपेको म्याद डीएनए परीक्षण प्राप्त भएको १५ दिनभित्र बुझ्उने भन्ने थियो। म्याण्डेट अनुसार डीएनए प्राप्त भएको १५ दिनमै सरकारलाई प्रतिवेदन बुझ्ाइएको बिष्टले बताए। उनले भने “म्याण्डेट बमोजिम दायित्व पूरा गर्नु नै महत्वपूर्ण होइन र?”
सामान्यतया सरकारले गठन गरेका आयोगहरूले समयमै प्रतिवेदन बुझ्उने गरेका छन्। जनआन्दोलनको सन्दर्भमा भएका ज्यादतीहरूको जाँचबुझ् गर्न गठित आयोगले ६ महिना पूरा नहुँदै प्रतिवेदन बुझाएको थियो। कृष्णजङ्ग रायमाझीको संयोजकत्वमा गठित उच्चस्तरीय आयोगलाई दुई महिनाको समय दिइएको थियो भने पछि चार महिना थपेर उसले सरकारसमक्ष प्रतिवेदन बुझाएको थियो। आयोगका सदस्य हरिहर विरही पटक पटक गरी ६ महिना म्याद थपे पनि पाँच महिनामै आयोगले न्यूनतम खर्चमा काम फत्ते पारेको बताउँछन्। विषयवस्तुको गाम्भीर्यलाई हेरेर सरकारले केही समयका लागि आयोगको समयावधि थप गर्न पनि सक्छ। संविधान विश्लेषक काशीराज दाहाल सार्वजनिक महत्व र गम्भीर प्रकृतिको विषयमा जाँचबुझ् अनुसन्धान गर्न केही बढी समय लाग्ने भए पनि लामो समय लागेको औचित्य प्रमाणित नहुने अवस्थामा लामो समय लगाउनु ऐन कानुनको उद्देश्य अनुरुप नहुने बताउँछन्। १५ दिनको समय बढाएर यति धेरै समय यसअघि कुनै पनि आयोगको थप नगरिएको गृह मन्त्रालयका एक अधिकारीले हिमाल लाई बताए। अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार सरकारले बनाएका आयोगहरूका लागि सामान्यतः १०/१२ लाखसम्म खर्च हुने गरेको थियो। ती अधिकारीका अनुसार यति धेरै सरकारी राजस्व खर्च यसअघिका कुनै पनि आयोगमा भएको थिएन। आयोग गठन र त्यसको लेखा प्रणाली बुझेका ती अर्थ अधिकारी जाँचबुझ् आयोगका नाममा यस्तो भएको कहिल्यै थाहा नपाएको बताउँछ।
परिवारको बिचल्ली
पत्रकार जोशीको हत्यापछि उनको परिवारमा बिहान बेलुका हातमुख जोर्न समेत समस्या छ। आमा, श्रीमती, दुई छोरी र भाइका अभिभावक थिए उनी। जग्गाको नाममा घर बनाएर बसेको एक कट्ठा जमिन बाहेक केही छैन उनीहरूसँग। उनको हत्यापछि परिवारका सदस्यको सहयोगका लागि तत्कालीन माओवादी नेतृत्वको सरकारसँग पटक-पटक आग्रह गर्दा पनि सहयोग नभएको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष दीर्घराज उपाध्याय बताउँछन्। “आश्वासन मात्र पायौं”, अध्यक्ष उपाध्यायले भने “सरकारले एक पैसा पनि सहयोग गरेन।”
कतैबाट सहयोग नपाएपछि पत्रकार महासंघ कैलालीको पहलमा जोशीकी जेठी छोरीलाई धनगढीस्थित ग्ली एकेडेमीमा गत भदौदेखि निःशुल्क अध्ययन, बसोबास तथा खानपानको व्यवस्था मिलाइएको छ। माओवादी निकट क्रान्तिकारी पत्रकार संघ कैलालीका अध्यक्ष जोशी पार्टीको जिल्ला कमिटि सदस्य समेत थिए। २२ असोजमा २०६५ मा आफ्नो घरबाट कैलालीका व्यापारी लोकेन्द्र रावतसँग पैसा लिनु छ, दियो भने उतैबाट काठमाडौं जान्छु भनी निस्केका पत्रकार जोशी त्यसपछि बेपत्ता भएका हुन्। कैलालीको अत्तरियाबाट बेपत्ता पारिएका पत्रकार जोशीको शव १३ मङ्सिर २०६५ मा कैलालीको मालाखेती गाविसको चौकीडाँडा महिला सामुदायिक वनको गोदावरी नदी किनारमा फेला परेको थियो।
 

रविवार, 17 जनवरी 2010

संघिय स्वायत्त गणराज्य घोषणा सम्बन्धमा

आम नेपाली नागरिकहरुको चाहना बमोजिम जब नेपालमा गणतान्त्रिक शासन व्यवस्था आयो र २४0 बर्षको केन्द्रिकृत र एकात्मक सामन्ति राज्यसत्तालाई निषेध गरेर देशमा गणतान्त्रिक शासन व्यवस्थाको स्थापना भयो। तर १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र हाल विद्यमान अन्तरिम संविधान, संघिय गणतन्त्रको सवालमा प्रायःविभिन्न राजनीतिक दलहरुको मत भिन्नता रहेको आम नागरिकलाई स्पष्ट थाहा छ र त्यसबारे संविधानसभाका बिषयगत समितिहरुमा बहस छलफल चलिरहेको छ र सकेसम्म सर्वसम्मत, नभए मतदानका प्रकृयाद्वारा टुंगोमा पुर्याउने कसरत भईरहेको यस अवस्थामा हतार-हतार गरेर नेकपा माओवादीले संघिय स्वायत्त गणराज्य घोषणा गर्दै हिंड्नु देशका लागि लाभदायक होला त? एका तर्फ गणतान्त्रिक संविधान निर्माण प्रकृया अघि बढ्दै छ भने अर्को तर्फ माओवादीले संघिय स्वायत्त गणराज्य स्थापनाको घोषणा गर्दै हिँडनु सही कदम हुन सक्छ? यस अवस्थामा सबै राजनीतिक दलहरुको सहमति बिना कुनै पनि काम गर्नु भविष्यको लागि असन्तोषको बिउ रोप्नु हो। देशको भविष्यको कार्यनितीलाई फाईदा पुग्ने गरि यस सम्बन्धमा सबै राजनीतिक दलहरुको सहमति अनुसार दिर्घकालिन सोच अप्नाई काम गर्नु उत्तम हुन्छ। हाम्रो अगाडि दुईवटा बाटाहरु छन् ति हुन संविधान निर्माण पश्चात संवैधानिक प्रकृयाबाट अघि बढ्नु पर्यो या संघिय स्वायत्त गणराज्य स्थापना पश्चात त्यही अनुरुप संघिय स्वायत्त गणतान्त्रिक संविधान बनाउनु पर्यो। के संघिय स्वायत्त गणराज्य स्थापना नगर्दा देश विकाशको लागि बाधा अड्चन हुने र संघिय स्वयत्त गणराज्य स्थापना गर्दा सहज हुने हो र? एउटा उखान छ "नाच्न जान्दैन आँगन टेढो" भने झै जस्ले देशको हित गर्ने चाहना गर्दैन उसले हरेक बहाना गर्छ। पहिले नै नेपाल तिन प्रदेश, पाँच विकाश क्षेत्र, चौध अञ्चल, पचहत्तर जिल्लामा विभाजित छ। रहयो कुरा विकेन्द्रिकरणको निती अनुसार स्थानिय राजस्वकरबाट उठेका आम्दानी सोही ठाऊँमा लगानी गर्ने कार्यनितीको, त्यो आम्दानी केन्द्रिय स्तरमा नपुर्याई त्यहीँ लगानी गरे भैहाल्यो। त्यसको लागि जातियताको आधारमा विभिन्न संघिय स्वायत्त गणराज्य स्थापना गर्नु जरुरी पर्छ र? एउटा भनाई छ "नेपाल चार जात छत्तिस वर्णको साझा फूलवारी हो" भन्ने मुल्य र मान्यतालाई आत्मासात गर्दै फुटेर होईन जुटेर अघि बढे अवश्य पनि नेपाल र नेपालीको भलो हुने कुरामा दुई मत नहोला। तपाई हामीले देखेका छौं पहिले सोभियत संघ कति शक्तिशाली र विकशित थियो तर अहिले फुटेर अलग-अलग भएपछि कति कमजोर भएको छ, विकाशमा पनि कुनै उलेख्य प्रगति भएको देखिंदैन भने नेपाल त पहिले नै कमजोर र सानो राष्ट हो, त्यसमा पनि विभिन्न संघिय स्वायत्त गणराज्य बनाउँदा फेरी बाईसे र चौबिसे राज्यमा परिणत हुन सक्ने कुरामा धेरै राजनीतिज्ञहरु चिन्तित देखिन्छन्। नेपाललाई टुक्र्याउने षडयन्त्र भैरहेको छ यस विषयमा सबै राजनीतिज्ञहरुले समयमै ध्यान नदिए नेपाल र नेपालीको अस्तित्व नमेटीएला भन्न सकिंदैन। एउटा उखान छ "भाई फुटे गँवार लुटे" भने झै हामी एउटा घरका दाजु-भाई आपसमा मिलेनौ भने छिमेकीले मौका छोपी हमला गर्न सक्छन्। नेपालमा गणतन्त्र स्थापनासँगै शुरु भएको संघिय स्वायत्त गणराज्य स्थापना सम्बन्धि वादविवादले नेपाली राजनीतिकमा निक्कै गर्माहट हुन पुगेको छ। राष्ट्रिय जनमोर्चा र राप्रपा नेपालले संघिय स्वायत्त गणराज्यमा जाँदा नेपाल टुक्रा-टुक्रा भएर नेपालको अस्तित्व नै मेटिएर देश बिखण्डन तिर जाने र जातियता बीच लडाई हुने जस्ता बिषयलाई अघिसार्दै विरोध जनाएको छ। नेपालमा नयाँ संविधान जारी हुने दिन जती-जती नजिकिंदै छ त्यती-त्यती विरोधका स्वरहरु सुनिन थालेका छन्। केही दिन पहिले नेकपा एमालेका नेता मोदनाथ प्रश्रितले आफ्नो लेख मार्फत संघिय स्वायत्त गणराज्य शासनबाट हुने असर, त्यसबाट हुने दुर्गति र पृथ्वी नारायण शाहले एकिकरण गर्नु पुर्वकै स्थितीमा पुग्ने अवधारणा प्रस्ट पार्नु भएको थियो भने, उप-प्रधानमन्त्री सुजाता कोइराला र एमालेका नेता के. पि. ओलिले संघियतामा जानु पुर्व जनमत संग्रहमा जानु पर्ने अभिब्यक्तिले झन् चर्चा छाएको छ ।
नेपालको भौगोलिक अवस्थानुसार विभिन्न जात-जातिहरुको पुर्ण रुपमा एकल बस्ति कतै नभएको र छासमिसे अवस्थामा रहेको हुनाले संघिय स्वायत्त गणराज्यमा जाँदा त्यहाँ रहेका अल्पसंख्यक जाति माथि थिचोमिचो हुने कुरामा कसैको दुईमत नहोला।
यसैले हामी नेपाली हौ र नेपाल हाम्रो साझा फूलवारी हो, सबै मिली नेपाल र नेपालीको उन्नति र प्रगतिको कामना गरौं। "सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल" भन्ने राष्टिय गीतलाई नबिर्सौ ल।

केदार नाथ खरेल
बारा, नेपाल

तातै खाउ जल्दै मरौं, आखिरी किन?

नव वर्षको अवसर पारी, ०१ जनवरी २०१० का दिन कुवैतको मालिया स्थित एसिया-एसिया रेष्टुरेण्टमा कुवैतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलज्यू र वहाँकी धर्मपत्नी सिता पौडेलज्यूको भव्यताका साथ स्वागत गरिएको थियो। उक्त कार्यक्रम NRNA कुवैतको सकृयतामा आयोजना गरेको थियो। सो स्वागत समारोहको संचालन NRNA कुवेतका सचिव सुजन के. सि. ले गर्नु भएको थियो भनें NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्गको सभापतित्व भएको थियो र महामहिम राजदूत दम्पति मधुवन प्रसाद पौडेल र श्रीमती सीता पैडेलज्युको प्रमुख आतिथ्य रहेको थियो। महामहिम राजदूत मधुवन प्रसाद पौडेलले मन्तव्यको क्रममा सबैलाई नयाँ सालको शुभकामना दिनु भयो र आफ्नो स्वागतार्थ यती धेरै नेपालीहरु उपस्थित भएकोमा आफुलाई खुशी लागेको बताउँदै, कुवेतमा दूतावास संचालन हुन करिब अझै एक महिना लाग्न सक्ने सम्भाबना भएको र दूतावासका अन्य कर्मचारीहरु १५ दिन सम्ममा आईपुग्ने र आफुले नेपाल-कुवेतबीच द्विपक्षिय सम्बन्ध सुधार, आर्थिक कूटनीतिमा जोड, श्रम सम्झौता कायम गर्ने, दुई देश बीच व्यापार तथा पर्यटन बिकासमा जोड दिने, कुवेतवासी नेपालीहरुको लागि नै आफु नियूक्ती भई आएकोले आफु हर सम्भव नेपालीहरुको सुख-दु:खमा साथ दिने र परेको खण्डमा हर पिडित नेपालीहरुको दैलो-दैलो र जेलको द्वारसम्म जान समेत आफु पछी नपर्ने बताउनु भयो । जुन अवसरमा लगभग १००० देखी १५०० को हाराहारिमा स्वागतार्थ उपस्थित जनसमुदायले जोडदार तालिले स्वागत गर्दा कार्यक्रम हल नै गुन्जयमान भएको थियो भनें नेपाल कुवेत डट कमको प्राविधिक टोलिले कार्यक्रमको प्रत्यक्ष (लाइभ) प्रसारण गरिरहेको थियो, जुन प्रसारण विश्वव्यापी रुपमा १२ हजार नेपालीहरुले हेरिरहेको तथ्यांकले जनाएको थियो। कार्यक्रममा सवाल-जवाफको शिलशिलामा बिभिन्न पत्रकार, संघ-संस्था र सर्वसाधारणबाट गरिएको प्रश्नको महामहिम राजदूतले निकै संयमताका साथ जवाफ दिनु भएको थियो। सवाल जवाफको अन्तमा सोधिएका एक नेपाली चेलीले भोग्नु परेको अत्यन्त दर्दनाक समश्यले केही उल्झनको स्थिती खडा गर्यो। राजदूतज्युले पनि अवस्थालाई मध्ये नजर गरी चर्याइरहेको घाउमा मलम पट्टी गर्ने खालको सान्तोना उत्तर दिनुपर्ने थियो, केही दाजुभाईहरुले उदण्ड स्वभाव देखाउनु भयो तर त्यसो गर्नु कहा सम्म उचित थियो त्यो पनि सोचनिय बिषय हो। हामीले पनि राजदुतावास आउने बित्तिकै सबै समश्या एकै चोटी समाधान हुन्छ भनि सोच्नु गलत हो, किनकि कुनै बच्चा जन्मनासाथ टुकु-टुकु हिंडेको कतै देख्नु भएको छ? त्यस्तै राजदूत ज्यु मात्र आउनु भएको हो, तर राजदूतावासको अफिसको कार्य संचालनको लागि चाहिने आवश्यक कागज-पत्र आएको छैन। जब साउदी राजदूताबाट पुरा कागज-पत्र यहाँ आई पुग्दैन तबसम्म हामीहरुले केही दिन धैर्यता गर्नै पर्छ, किनकि एउटा भनाई छ "ढिलो गए अवश्य पुगिन्छ, छिटो गरे भन्न सकिन्न"। हुन त वास्तविक समश्या पनि जटिल नै छ किनकि "कुनै नेपाली चेलीको त्यो पिडा भनेको हामी आम नेपालीको पिडा हो" यस्तै दुःख र पिडामा डुबेका सयौं चेलीहरुको त्यो वेदना सम्झदा सबैको मन स्तब्ध हुन्छ।
यस सम्बन्धमा हामी सबै जानाले हातमा-हात र काँधमा-काँध मिलाएर यथासक्य आ-आफ्नो ठाँउबाट राजदूतावासलाई सक्दो सहयोग गर्नुपर्छ र यो हामी सबैको साझा फूलवारी हो।

केदार नाथ खरेल
खेतान, कुवैत

घरेलु कामदारको पिडाका कारणहरु


Posted on 31/12/2009 by Shiva Paudel
केदार नाथ खरेल (खेतान कुवेत)

रोजगारीको शिलशिलामा बिदेशीएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भोग्नु परेको विविध समस्याको जड कारणहरु मध्य नेपाल सरकारले गरेको गैर जिम्मेवारी- पूर्ण वेवास्ता र एजेन्टहरुको गैर कानूनी किर्ते कारोबारले गर्दा घरेलु कामदार (खादीम) को भिषामा आउने सम्पूर्ण कामदारहरुले जोखिमपूर्ण जिन्दगी गुजार्न वाध्य छन् ।
यदि नेपाल सरकारले यस बिषयमा गम्भिर भएर सजकता अपनाएको खण्डमा यस जोखिमपूर्ण बिदेशी यात्राबाट भोग्नु परेको बिभिन्न समस्याबाट मुक्ति पाउने सम्भावाना प्रशस्त छन् । तर नेपाल सरकारलाई पद र कुर्सी मात्र चाहिएको छ तिनै कुर्सी मोहले गर्दा आपसमा द्वन्द र हिंसाले देश आक्रान्त भएको घाम जस्तै छर्लङ्गै छ । “जुन जोगी आए पनि कानै चिरेको” भने झैं जुन सुकै पार्टी र दलहरुलाई पनि कुर्सी मोहले अत्यान्त प्रभावित पारेको दृष्य तपाईं हाम्रो अगाडी प्रत्यक्ष देखिएको छ । तर कसैलाई पनि ति देशको आर्थिक मन्दिबाट बचाउने र वैदेशिक मुद्रा आर्जन गरि राष्ट्रलाई आर्थिक संकटवाट बचाउने ति पिडित युवा-युवातीको दुर्दशा प्रति ध्यानाकर्षण भएको देखिंदैन ।
सिमा सुरक्षामा रहेका सुरक्षा कर्मचारीको कमजोरी, सजगता नहुनु, पिडित आफै अरुको देखासेखी गरी विदेश जान उत्साहित हुनु, आमा-बाबुको आज्ञापालन नगरी हठ, जिद्दी गरी आफै जान्ने-सुन्ने बनेर मनोमानी गर्दै अनेक बाहना गरेर घर छाडी भाग्नु, नेपाल सरकारको चर्को दस्तुर असुली, एजेन्टहरुको लापारवाहिपूर्ण किर्ते पासपोर्ट र किर्ते कागजात बनाईएको हुन्छ । जसमा काम गर्ने कागजात एउटा हुन्छ भनें गएर अर्को काम गर्नु पर्ने हुन्छ र तोकिएको भन्दा कम तलबमा बाध्यतावश काम गर्नु पर्ने हुन्छ । मुद्दा या उजुरी गर्ने ठाउँ छैन, सबै किर्ते कागज र पासपोर्टबाट प्रवेश गरेका हुन्छन । मात्र २० नं. (घरेलु कामदार) भिषाको लागी दस्तुर घटाएर न्यूनतम गर्ने हो भने पनि धेरै नेपालीहरु नेपालबाट नै कानुनी तवरले आउन-जान पाउने थिए ।
अब अर्को कुरा घरेलु कामदारहरुलाई बिदेश पठाउनु पूर्व केहि उपयुक्त प्रशिक्षण, तालिम दिलाउनु उचित हुन्छ र निरक्षरलाई जान रोक लागाउनु नै राम्रो होला । किनकी एक त भाषा बुझ्दैनन दोस्रो सामान्य अंग्रेजी पनि बोल्न नजानेका दिदीबहिनीहरुलाई झन धेरै कठिनाई हुन्छ । यिनै बिषय बस्तुहरुलाई ध्यान दिएर सम्वन्धित सबै निकाय र सरोकारवालाहरुले विशेष संवेदनशिल भएर सोंची दिएमा घरेलु कामदारहरुले भोग्नु परेको विविध समस्याहरु केहि हदसम्म मात्र भएपनि कम हुनेछ ।